१७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दै

काठमाण्डौ – १७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दैछ । नेपाल र मङ्गोलियाबीचको खेल राति साढे ८ बजे कतारको हमाद बीन खालिफा स्टेडियममा शुरु हुनेछ । पहिलो खेलमा जापानसँग ९–२ र दोस्रो खेलमा कतारसँग ५–० गोलले पराजित भएको नेपाल एशियन कपमा छनोट हुन असफल भइसकेको छ । मङ्गोलिया पनि छनोट हुन सकेन । यो समूहबाट जापान र आयोजक कतार एशियन कपमा छनोट भएका छन् ।

Source : https://ujyaaloonline.com/story/108220/2024/10/27/afc-asian-under-7-cup-nepal-mangoliya