‘सुरक्षा’ का कारण बहराइनले इन्डोनेसियामा विश्वकप छनोट नखेल्ने

बहराइनको राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियामा हुने विश्वकप छनोट खेल नखेल्ने बताएको छ । सुरक्षाको कारण देखाउँदै बहराइनले इन्डोनेसियामा फुटबल नखेल्ने बताएको बीबीसीले जनाएको छ । बहराइन फुटबल एसोसिएशनका अनुसार गएको हप्ता दुवै टोलीबीचको विवादास्पद २–२ गोलको बराबरीपछि इन्डोनेसियाका समर्थकहरूले बहराइनका खेलाडीलाई अनलाइनमार्फत मार्ने धम्की दिएका थिए । बहराइन र इन्डोनेसियाबीचको विश्वकप छनोट खेल अर्काे वर्ष मार्चमा जकार्तामा हुने तालिका छ तर बहराइन फुटबल एसोसिएशनले फिफालाई खेल इन्डोनेसियाबाहिरको ठाउँमा सार्न आग्रह...

Source : https://ujyaaloonline.com/story/107869/2024/10/17/bahrain-will-not-play-football-in-indonesia