दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई दियो २९७ रनको लक्ष्य

काठमाडौँ ।

जारी दोस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ ।

टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिंगमा ७५ रनको बढ्तको आधारमा २९७ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि दोस्रो इनिंगमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले आफ्नो पहिलो इनिंगमा २९१ रन बनाएको थियो ।
      


Source : https://newsofnepal.com/2024/10/17/673824/