अजयको भतिज अमन र रविनाकी छोरी राशाको डेब्यु
मुम्बई । दीपावलीको अबसरमा रिलिज भएको अजय देवगनको महत्वकाँक्षी चलचित्र ‘सिंघम अगेन’ले पहिलो साता भारतमा निकै राम्रो व्यापार गरिरहेको छ । बलिउडका एक दर्जन स्टार कलाकारको जमघट भएकाले पनि सिंघम एगेनलाई दर्शकले साथ दिईरहेको छन् । यो चलचित्रले चार दिनमा भारतमा १२५ करोडको व्यापार गरेको छ ।
यिनै अभिनेता अजय देवगन यतिबेला आफ्नो अर्को नयाँ चलचित्र ‘आजद’को तयारीमा छन् । हालै छायाँकन सम्पन्न भएको यो चलचित्रबाट अजयले दुई नयाँ चलचित्रलाई बलिउडमा डेब्यु गराउँदै छन् । उनले यो चलचित्रबाट आफ्ना भतिजा अमन देवगनलाई नायकको रुपमा बलिउडमा डेब्यु गर्दैछन् ।
यसैगरी चलचित्र आजादबाटै अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानीलाई पनि नायिकाको रुपमा अजय देवगनले डेब्यु गराउँदै छन् । सोमबार मात्र अजय देवगनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘आजाद’ को टिजर चाँडै सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन् । अजयले यो चलचित्रबाट डेब्यु गर्न लागेका अमन र राशालाई पनि शुभकामना दिएका छन् ।
चलचित्र आजादको टिजर मँगलबार रिलिज गरिएको छ । यो चलचित्रबाट अमन र राशा बलिउडमा स्थापित हुने देखिन्छ । उनीहरुको फस्ट लुक्स नै निकै प्रसँसनीय बनेको छ । अजयले इन्स्टाग्राममा आगामी चलचित्र आजादको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘जब पनि मित्रता र वफादारीको चर्चा हुन्छ । त्यतिबेला आजादको मात्रै चर्चा हुन्छ ।’
The post अजयको भतिज अमन र रविनाकी छोरी राशाको डेब्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103295/