बालिका करणी आरोपी साढे पाँच महिनापछि पक्राउ

लमजुङ । लमजुङमा १२ वर्षीया बालिकालाई जवर्जस्ती करणी मुद्दाका फरार आरोपिलाई प्रहरीले साढे पाँच महिनापछि पक्राउ गरेको छ । उनी मस्र्याङदी गाउँपालिका– २ बस्ने बर्ष २५ को भक्तबहादुर गुरुङ भएको प्रहरीले जनाएको छ ।

उनलाई कास्की पोखरा महानगरपालिका– ३२ तल्लो गगनगौंडा टोलमा लुकीछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार गुरुङले पीडित १२ बर्षीया बालिका नामथर परिवर्तित २०८०।०८१–३८(२०) कुमारीलाई जवर्जस्ती करणी गरेको कसुरमा भक्तबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले २०८० सालको फागुन २४ गते ती बालिकालाई जवर्जस्ती करणी गरेको पीडित पक्षको उजुरीका आधारमा मुद्दा चलाइएको प्रहरी भनाइ छ ।

वारदात पश्चात भागी फरार रहेका, निज प्रतिवादी भक्तबहादुर गुरुङलाई पक्राउ गर्नको लागि सम्मानित लमजुङ जिल्ला अदालतबाट गत जेठ ४ गते पक्राउ अनुमती पाएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय लमजुङद्वारा बिशेष रूपमा खोजतलास गर्ने क्रममा कास्की प्रहरीको समन्वय रर सहयोगमा गुरुङलाई पक्राउ गरिएको हो । कास्कीको पोखरा महानगरपालिका– ३२ तल्लो गगनगौंडा टोलमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका अभियुक्त गुरुङविरुद्ध लमजुङ जिल्ला अदालतबाट जवर्जस्ती करणी सम्बन्धी कसुरमा १० दिनको म्याद लिई थप अनुसन्धान थालिएको छ ।

The post बालिका करणी आरोपी साढे पाँच महिनापछि पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103311/