अमेरिकाको नाइट लाइफ क्षेत्रमा गोली हानाहान , ४ को मृत्यु १८ घाइते

अमेरिकी राज्य अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ क्षेत्रमा भएको सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

गोलीबारी शनिबार राति ११ बजेपछि सहरको फाइभ पोइन्ट्स साउथ मनोरञ्जन जिल्लामा भएको हो ।

घटनास्थलमा पुगेका अधिकारीहरूले फुटपाथमा गोली लागेर घाइते भएका दुई पुरुष र एक महिला फेला पारेका थिए ।

उनीहरूलाई त्यहीँ मृत घोषित गरिएको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानले धेरै शङ्कास्पदहरूले सार्वजनिक क्षेत्रमा बाहिर रहेको ठूलो समूहमाथि गोली चलाएको देखाएको छ ।

आइतबार बिहानसम्म प्रहरीले १८ अन्य पीडित पहिचान गरेको थियो । केहीको अवस्था जीवन–जोखिमपूर्ण रहेको थियो । स्थानीुय अधिकारी टुमन फिट्जगेराल्डका अनुसार घटनामा सम्लग्न कसैलाई पक्राउ गरिएको छैन ।

कुनै पनि जानकारी भएमा अधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सुचना दिनेलाई पुरस्कारको सम्भावना रहेको प्रहरीले बताएको छ ।

फाइभ पोइन्ट्स साउथ क्षेत्रमा मनोरञ्जन स्थल, रेस्टुरेन्ट र बारहरू छन् । त्यहाँ शनिबार राति प्रायः भीड हुन्छ ।

Source : https://www.khasokhas.com/210000



Related Posts