एशिया रग्बीको पहिलो खेलमा नेपालको पुरुष र महिला टोली पराजित
काठमाण्डौ – एशिया रग्बी र नेपाल रग्बी सङ्घको आयोजनामा आजदेखि शुरु भएको एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको पहिलो खेलमा आयोजक नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो । यस्तै पुरुषको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबियालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको छ । यसैगरी महिलातर्फ पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ३२–० को स्क...
Source : https://ujyaaloonline.com/story/107439/2024/10/4/both-teams-of-nepal-lost-in-first-match-asia-rugby