खुला सीमा सम्वाद समूहद्वारा साधु सम्मान तथा भण्डारा आयोजना

जनकपुरधाम । नेपाल र भारतबीच साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धले गहिरो जरा गाडेको छ । यी दुई देशका जनताबीचमा धार्मिक परम्परा र चाडपर्वहरूले विशेष नजिकको सम्बन्ध राख्छन् । यसै सन्दर्भमा, कार्तिक पूर्णिमामा हुने कमला नदी स्नानले नेपाल र भारतबीचको धार्मिक–सामाजिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै आएको छ ।

यसै अवसरमा नेपाल भारत खुला सिमा संबादले नेपाल भारतबाट आएका साधुसंतहरुको लागी संस्थाको मधेस प्रदेश सहसंयोजक दिपक यादवको संयोजकत्वमा साधु सम्मान र भण्डाराको आयोजना गरिएको छ । करीब दुई सय ५० को संख्यामा रहेको साधु संतहरुलाई दही, च्युरा, चिनी, तरकारी अचारको भण्डारा (खाना) गराईएको छ ।

कार्तिक पूर्णिमा र कमला नदी स्नानको महत्वको ’boutमा बोल्दै संस्थाका अध्यक्ष राजीव झाले कार्तिक पूर्णिमा हिन्दू धर्मको पवित्र पर्व हो, जसमा विशेषगरी धार्मिक अनुष्ठान, स्नान, र पूजापाठ गर्ने गरिन्छ । यस दिनलाई “देव दिवाली” पनि भनिन्छ । यो दिन गंगा, सरयू, यमुना, र नेपालका नदीहरूमा स्नान गर्ने परम्परा छ । जनकपुर क्षेत्रका श्रद्धालुहरूको लागि विशेषगरी कमला नदीमा स्नान गरेर पुण्य प्राप्त गर्ने मान्यता रहेको बताउदै उनले यो अवसरमा कमला नदीको किनारमा मेला लाग्ने गरेको बताए । जहाँ नेपाल र भारतका बिभिन्न स्थानबाट आएका श्रद्धालुहरूले सामूहिक रूपमा स्नान गर्छन् ।

प्रदेश सहसंयोजक दिपक यादवले नेपाल–भारत सम्बन्धमा कमला नदी स्नानको भूमिकाको ’boutमा बोल्दै कमला नदी नेपाल र भारतको सीमामा पर्ने नदी हो । यसरी नेपाल र भारतका बासिन्दाले एकै स्थानमा स्नान गर्ने परम्पराले सांस्कृतिक आदान–प्रदानको अवसर सिर्जना गर्दछ । कार्तिक पूर्णिमाको यस विशेष स्नानमा दुवै देशका जनताबीचको आपसी मेलमिलाप, सद्भाव, र सहकार्यलाई प्रवद्र्धन गर्न योगदान गरेको बताए ।

संस्थाका कार्यालय सचिब कृष्ण कुमार साह नेपाल र भारतबीच धार्मिक–विकासमा पनि कमला नदी स्नानको महत्वपूर्ण भूमिका रहेको बताए । हरेक वर्ष मेला भर्न आउने हजारौं तीर्थयात्रीहरूले पर्यटन क्षेत्रलाई चलायमान राख्छन्, जसले स्थानीय व्यवसायलाई पनि मद्दत पुर्याएको उनले बताए ।

साथै, दुई देशका स्थानीय प्रशासनले यस पर्वलाई व्यवस्थित बनाउन सहकार्य गर्दै आएका छन्, जसले दुई देशबीचको प्रशासनिक सम्बन्धलाई अझ बलियो बनाउने काम गर्छ । सतोखर घाट मंन्दिरको महन्त श्री शिव दयाल दास बाबाले कार्तिक पूर्णिमामा हुने कमला नदी स्नान केवल धार्मिक परम्परामा मात्र सीमित नभएर नेपाल–भारत सम्बन्धलाई अझ गहिरो बनाउन महत्त्वपूर्ण साधन बनेको बताए । धार्मिक र सांस्कृतिक सहकार्यको प्रतीक यस पर्वले नेपाल र भारतका जनताबीचको ऐक्यतालाई प्रगाढ बनाउँदै लैजाने विश्वास गर्न सकिन्छ बताए ।

The post खुला सीमा सम्वाद समूहद्वारा साधु सम्मान तथा भण्डारा आयोजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103776/