चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आयाे

काठमाण्डाै – चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिकाकाे थम्बुचेतमा रहेकाे चिलिमे हब सबस्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाकाे पहिरेबेंंसीमा रहेकाे त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई हिजाे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । यसैगरी चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेशन पनि हिजाे नै चार्ज गरिएको छ । याे सबस्टेशनमा २ सय २०/१ सय ३२ केभी, १ सय ६० एमभीएका दुई वटा बैं...

Source : https://ujyaaloonline.com/story/108576/2024/11/7/chilime-trishuli-transmission-line-in-an-operation