छविलाल जोशी सहकारी ठगी आरोपमा पक्राउ

काठमाडौं – सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशी पक्राउ परेका छन् । कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शं‍खमूलबाट पक्राउ गरेको हो ।

सहकारीबाट ६५ करोड ५४ लाख ग्लोबल आईएमई बैंकको खाता नम्बर ०४०१०१००००५७७ मा आएको थियो, जीबी, रवि, छविको नाम, ठेगाना, तीनपुस्ते, फोटो, औंठाछाप र हस्ताक्षरसहित यो खाता खोलिएको थियो ।

जोशीलाई आइतबार साँझै विमानमार्फत पोखरा लैजाने तयारी छ । कुनै कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नगर्दा ‘त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा प्रमाण नष्ट गर्ने अवस्था भए’ जरुरी पक्राउ पूर्जी लिएर व्यक्तिलाई पक्राउ गर्न सक्ने अधिकार प्रहरीलाई छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post छविलाल जोशी सहकारी ठगी आरोपमा पक्राउ appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491167/



Related Posts