दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ 

काठमाडौं ।

दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छन् । शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि साेही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।

मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।

Source : https://newsofnepal.com/2024/09/21/669109/