निशाको राष्ट्र देवो भव सार्वजनिक

काठमाडौं । गायिका निशा देशारको स्वरमा राष्ट्रिय भावले ओतप्रोत नयाँ गीत राष्ट्र देवो भव…सार्वजनिक भएको छ । यो राष्ट्रिय भावको गीतलाई आनन्द अधिकारीले लेखेका हुन् । यो गीतको भिडियोलाई चिज कुमार श्रेष्ठको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् ।

यो गीतको भिडियोमा गीतकार आनन्द अधिकारी, निर्माता चिज कुमार श्रेष्ठ र गायिका निशा देशारले अभिनय गरेका छन् ।

ध्वनिक रेकर्डिङ स्टुडियो, नक्सलमा रेकर्डिङ गरिएको यो गीतको निर्माता चिजकुमार श्रेष्ठ र भिडियोको निर्देशक प्रकाश मिश्र हुन् । यो गीतमा हरि लम्सालको संगीत, अमूल कार्की ढलीको संगीत संयोजन, प्रकाश मिश्रको मिक्सिङ रहेको छ ।

The post निशाको राष्ट्र देवो भव सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101152/