नेपाल प्रिमियर लिगको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत अक्सनमा सहभागी हुन चाहने खेलाडीका लागि अनलाइनमार्फत नाम दर्ता खुला गरेको हो ।

एक हजार रुपैयाँ शुल्क तिरेर खेलाडीहरुले असोज १२ सम्ममा आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

अक्सनमा ए बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ए ग्रेडको खेलाडीलाई १५ लाखसम्म एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठा थुतिने क्यानले जनाएको छ ।

यस्तै बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाखसम्म पाउनेछन् । १० लाख भन्दा बढी भएमा चिट्ठा थुतिनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । त्यसपछि चिट्ठा थुतिनेछ ।

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् ।

Source : https://onlinetvnepal.com/2024/09/183765/