पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या

कास्की – पोखराको फेवाफाँटका किसानले लगाएका जेठोबूढो धानमा गभारोको समस्या भएको छ । गभारोका कारण जेठोबूढो धानको पकेट क्षेत्रका रूपमा परिचित फेवाफाँटमा एक हजार रोपनी क्षेत्रफलमा लगाएको बालीमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको स्थानीय किसान देवीलाल लामिछानेले बताउनुभयो । गभारो रोगले यसअघि बाली सखाप नपारेको भन्दै उहाँले रोगबारे आफूहरू अनभिज्ञ रहेकोले अहिले धेरै किसान पीडत भएका बताउनुभयो । बाली खेर गएको भन्दै किसान चिन्तित छन् । पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट प...

Source : https://ujyaaloonline.com/story/108575/2024/11/7/problem-of-old-paddy-crop--in-pokhara-fewaphant-