बझाङकाे छबिसपाथिभेरा–१ मा पहिराेले खानेपानीकाे मुहान र पाइपलाइन बगायाे

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि दुई सयभन्दा धेरै घरपरिवार समस्यामा परेका छन् । भदौको अन्तिम हप्ता गएको पहिरोले क्षति पुर्‍याएपछि परिगाल र सुगालाका दुई सय ३० घरपरिवार खानेपानी सेवाबाट वञ्चित भएका स्थानीय बासिन्दा लक्ष्मण गिरीले बताउनुभयो  । वर्षाैंदेखि पनाले खोला खानेपानी योजनाबाट पानी उपभोग गरिरहेकाहरू अहिले सेती नदीको पानी उपभोग गर्न बाध्य भएका छन् । सेती नदीमा पानी निकै फोहोर रहेको उनीहरू बताउँछन् । फोहोर पानीका क...

Source : https://ujyaaloonline.com/story/106959/2024/9/23/landslides-swept-away-water-sources-and-pipelines