ललितपुरमा बाढी पीडितका लागि अझै पुनर्वासको व्यवस्था हुन सकेन

ललितपुर – गएको असोज ११ र १२ गतेको बाढी पहिरोबाट प्रभावित भएकाहरूका लागि अहिलेसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दशैँ तिहार मनाएका छन् । छिमेकी बचाउन जाँदा आफ्नो परिवारका सबै सदस्य गुमाउनुभएका डुकुमान स्याङ्तान अहिले ठूलो बुवाको छोरा जिरामान स्याङ्तानको घरमा आश्रय लिएर बस्नुभएको छ । परिवारका सबै सदस्य गुमाएर एक्लै बाँच्नुभएका डुकुमानलाई दशैँ तिहारको उमङ्गभन्दा पनि परिवारका सदस्या गुमाउँदाको पीडाले विछिप्त बनाएको छ । कसैसँ...

Source : https://ujyaaloonline.com/story/108490/2024/11/5/flood-victims-still-not-rehabilitated-