श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दल एनपीपी दुई तिहाई नजिक

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठुलो जित हासिल गरेको छ । अहिलेसम्म एनपीपीले राष्ट्रियस्तरमा ६१.५६  प्रतिशत अर्थात ६८ लाख भन्दा बढी मत प्राप्त गरेको छ ।

अघिल्लो निर्वाचनमा केवल ३ सिट जितेको एनपीपीले यस निर्वाचनमा अहिलेसम्म १३७ सिट जितेको मिडि रिपोर्टमा उल्लेख छ ।

२२५ सदस्यीय श्रीलंकाको तल्लो सदनमा बहुमतका लागि ११३ सिट आवश्यक पर्दछ । त्यस्तै विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ३५ सिट जितेको छ भने पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले केवल ४३ सिट जितेको बताइएको छ ।

राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले दुई सिट जितेको छ। सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावको तुलनामा संसदीय निर्वाचनमा एनपीपीले बढी सिट प्राप्त गरेको विज्ञहरू बताएका छन् ।

The post श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दल एनपीपी दुई तिहाई नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103828/