सहकारी बचत रकम अपचलन प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाण्डौ – सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शङ्खमूलबाट पक्राउ गरेको हो । उनी गोर्खा मिडियाका पूर्व सञ्चालकमध्ये एक हुन । उनीविरुद्ध कास्कीमा उजुरी परेकाले कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ । आजै गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको थियो । संसदीय छानविन समितिले सह...

Source : https://ujyaaloonline.com/story/106913/2024/9/22/former-dig-of-nepal-police-chhabilal-joshiarrested