पक्राउ परेका छविलाई पोखरा लगियो, भाेलि अदालतमा पेस गरिने

काठमाडौं ।

सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीलाई प्रहरीले पाेखरा लगिएकाे छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाई आइतबार काठमाडौंबाट पक्राउ गरेर प्रहरीले हवाइजहाजमा राति सवा ९ बजे पोखरा ल्याइएको हो।

सोमबार प्रहरीले अदालतमा उपस्थित गराइ थप कारबाही प्रक्रिया अघि बढाउने बताएको छ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

Source : https://newsofnepal.com/2024/09/22/669367/