‘लोकतान्त्रिक मूल्यमान्यताप्रति अडिग पूर्वसभामुख ढुङगाना’
काठमाण्डौ – सरकार सत्तापक्षको, सदन प्रतिपक्षको भन्ने प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई मुखरित गर्दै सभामुखको भूमिका पनि तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले व्यवहारमै स्थापित गर्नुभयो । नेपालको बहुदलीय व्यवस्था, लोकतन्त्र र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने उहाँले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । तत्कालीन उपसभामुख एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर भन्नुहुन्छ, ‘जसको ब...
Source : https://ujyaaloonline.com/story/108953/2024/11/18/former-speaker-is-firm-pillar-of-democratic-values