‘स्त्री २’ बन्यो ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म

काठमाडौं– श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर
बन्दै घरेलु बजारमा ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बन‍ेको छ ।

फिल्मले प्रदर्शनमा आएको ३९ औं दिनसम्म ६०४.२२ करोड भारु कमाउँदै ६०० करोडभन्दा माथी कमाउने पहिलो फिल्म बनेको छ । आइतबार मात्रै फिल्मले ४.८५ करोड भारु कमाएको थियो ।

शुक्रबार ‘सिनेमा दिवस’को अवसरमा फिल्मले दर्शकलाई ठूलो संख्यामा हलसम्म तान्न सक्यो । उक्त दिन टिकटको मूल्य ९९ भारु तय थियो । ‘स्त्री २’ ले शाहरुख खानको ब्लकबस्टर ‘जवान’को कमाइलाई समेत उछिनेको छ । ‘जवान’ ले हलमा ५८२ करोड भारु कमाउँदै यसअघि सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको थियो ।

Source : https://onlinetvnepal.com/2024/09/183861/