विराटनगर। नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ। पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै उनलाई निलम्बन गरेको हो।