एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब र कर्णाली प्रदेश खेल्दै

काठमाण्डौ – एन्फा महिला फुटबल लिगमा आज बागमती युथ क्लब र कर्णाली प्रदेश खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । बागमती छ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ भने समान छ खेल खेलेको कर्णाली चार अङ्कसहित नवौं स्थानमा छ । यो खेलसँगै लिगको सातौँ चरण पूरा हुनेछ । १० टोली सहभागी प्रतियोगितामा तीन विभागीय टोली: सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शीर्ष तीनमा छन् । सात खेलमा अङ्क जोड्न नसकेको सुदूरपश्चि...

Source : https://ujyaaloonline.com/story/106891/2024/9/22/anfa-women-league-football-bagmati-karnali