दशैँमा देश छाड्नेको दुःखेसो : ‘कम्पनीको साहूले बरू जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो’

काठमाण्डौ – ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनीको साहूले बरू जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैँ र परिवारभन्दा जागिर प्यारो भयो सर’, सर्लाहीका अजय मेहताले भन्नुभयो । दशैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो । हिजो शुक्रवार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैँको अघिल्लो दिन घर छाड्नु ...

Source : https://ujyaaloonline.com/story/107705/2024/10/12/the-sadness-of-leaving-the-country-in-dashain