धनगढीमा सञ्चालन हुनेभयो ‘शनिवारे महिला उद्यम मेला’
धनगढी । कैलालीको धनगढीमा ‘शनि’bout महिला उद्यम मेला’ सञ्चालन हुने भएको छ । मंसिर १ गतेदेखि धनगढीको पार्कमोडमा हरेक शनिबार ‘शनि’bout महिला उद्यम मेला’ सञ्चालन हुने भएको हो ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक शनिबार दिउसो १ बजेदेखि बेलुकी ६ बजेसम्म मेलाको आयोजना हुनेछ । मेलाका लागि ३५ वटा स्टल बनाइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
मेलामा खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत रहेको छ । धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिएको धनगढी नगरप्रमुख गोपाल हमालले बताए ।
‘धनगढी उपमहानगरपालिकाले विशेष गरेर महिलालाई लक्षित गरेर, महिलालाई स्वरोजगार बनाउने लक्ष्यसहित शनि’bout महिला उद्यम बजारको व्यवस्था गरिरहेको छ’, नगरप्रमुख हमालले भने, ‘महिलामात्र सहभातिग हुन पाउने मेलामा आफूले जानेका परम्परागत खानाहरू, सीपहरू, उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्ने, विभिन्न संघ÷संस्थाले दिएका तालिमबाट सीप पाएका महिला सहभागि हुन पाउनेछन ।
मेलामा महिलाहरूले तयार पारेका अचार, ढकिँया, माछा, पकौडी लगायत बस्तु बिक्री गर्न पाउनेछन् । व्यवसाय सञ्चालन गर्दै आएका महिलालाई भने शनिबारको बजारमा स्थान दिइने छैन । मेलामा घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई निःशुल्क अवसर दिने उपमहानगरले जनाएको छ ।
नगरप्रमुख हमालले महिलालाई उद्यमी बनाउने उद्देश्यले शनि’bout बजार सञ्चालनको तयारी गरेको बताए । यसका लागि परिचयपत्र बनाउनुपर्ने छ । अहिले धनगढीका महिलालाई प्राथमिकता दिने र विस्तारै अन्य पालिकाका महिलालाई पनि अवसर दिने नगरप्रमुख हमालले बताए ।
युवाका लागि रात्रिकालीन बजार
उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्ने भएको छ । धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्न तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा महिला र दोस्रो चरणमा युवा लक्षित बजार सञ्चालन हुने नगरप्रमुख हमालले बताए । धनगढी उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेको ‘पढ्दै कमाउदै कार्यक्रम’ को कार्यान्वयन गर्न लागेको हो ।
The post धनगढीमा सञ्चालन हुनेभयो ‘शनिवारे महिला उद्यम मेला’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103754/