परम्परागत नेवारी वास्तुकला संरक्षणवारे बहस

काठमाडौं । कलाकारद्वय इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारले परम्परागत नेवारी वास्तुकला मौलिक शिल्पकला तथा आधुनिक प्रविधिको सर्वोत्तम उदाहरण भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागले बुधवार आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यस्तो भनाई राखेका हुन् ।

प्रतिष्ठानको शो ललितकला संवादमा बोल्दै कलाकार इन्द्रप्रसाद र रविताले हाम्रा मौलिक कला सृजनाहरु बैज्ञानिक र दिगो भएको बताएका छन् । युनेस्कोले प्रदान गर्ने रेकोजनाईजेशन फर सस्टेनेवल डेभलपमेन्ट अवार्ड २०२३ जित्न सफल भक्तपुरस्थित ‘सिकमी छेँ’मा केन्द्रित रहेर यी दुबै कलाकारले नेवारी कलाको उदाहारण दिए । यी दुईले आफ्नो बास्तुकलाबाट सो पुरस्कार जितेका अनुभव पनि सुनाए ।

नेवार समुदायको बास्तुकला’bout आफ्नै शिल्प र शैली भएको पनि यी दुईले बताए,‘अहिलेको आधुनिकिरणले हाम्रा कतिपय मौलिक शैली र शिल्प परम्पारहरु सँकटमा छन् । हामीले अबको पुस्तालाई पनि हाम्रो शिल्प र शैलीको सँरक्षण गर्दै त्यसलाई अघि बढाउनु पहलकदमी चल्नु पर्छ ।’ शिल्पकारद्धयले कार्यक्रममा भने । उनीहरुले यस्ता वास्तुकलाको सँरक्षण’bout आफ्ना अनुभव पनि सो कार्यक्रममा सुनाए ।

शिल्पकार परिवारले वास्तुकलाको नमुनाका रूपमा बनाएको घर वास्तवमै नमुना रहेको प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले बताए । सङ्कटमा रहेको यो नेवारी शैलीको ज्ञानलाई आगामी पुस्तामा पुस्तान्तरण गर्दै शिल्पकार परिवारको वास्तुकला, काष्ठकला तथा नेपाली मौलिक वास्तुकलाको ज्ञानलाई संरक्षण, प्रवर्धन तथा प्रचार–प्रसार गर्न आवश्यक रहेको पनि उनले जिकिर गरे,‘आगामी दिनमा हामी ओझेलमा परेका यस्ता विभिन्न कलाको क्षेत्रमा क्रियाशील तथा अग्रज कलाकारहरूलाई समेट्ने प्रयास गर्ने छौँ’, दर्शनधारीले भने ।

सो प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाभित्र मुख्य रूपमा ध्यानाकर्षण कम हुने वास्तुकला क्षेत्रप्रति प्रतिष्ठान र राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने भनाई राखे,‘ मौलिक भवन निर्माणमा हाम्रा धेरै शिल्प र कलाहरु रहेको र त्यसप्रति राज्यको ध्यान पुगको छैन । त्यस’bout हामी राज्यलाई जानकारी गराएर त्यसको स“रक्षणको पहल पनि गर्ने छौं ।’ कुलपति हार्तम्छालीले कार्यक्रममा भने ।

ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदिप अधिकारीलगायतले पनि शिल्पकारद्धयको कलाको’boutमा चर्चा गरे ।

The post परम्परागत नेवारी वास्तुकला संरक्षणवारे बहस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103755/