म्यानहटनको सेन्ट्रल पार्कमा अर्धनग्न नृत्य
सायद मैले कतै पढेँ वा राजनीतिक खबर/भाषणमा पनि सुनेँ कि अमेरिकाको न्युयोर्कस्थित म्यानहटन र स्वीटजरल्यान्ड यी दुवै संसारभरिका धनाढ्यले गोरो/कालो धन थुपार्ने ठाउँ हुन्। भनिन्थ्यो, स्वीटजरल्यान्डको बैँकमा पैसा राख्नु र म्यानहटनमा फ्ल्याट किन्नु विश्वका धनाढ्यको गरिमा मानिन्छ। त्यसकारण पक्का पनि मेरा दिमागको कुनै एउटा पत्रमा ती ठाउँको यात्रामोह सुसुप्त थियो नै होला। स्वीटजरल्यान्ड पुगेको छुइनँ। […]