रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी !

काठमाडौं । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहकाे इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

लामिछानेलाई आजै पक्राउ गर्ने तयारी प्रहरीको छ ।

Source : https://arthasarokar.com/2024/09/pakrau-272.html



Related Posts