लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविराम गर्न राष्ट्रसङ्घीय प्रस्तावको आह्वान

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ । टेलिभिजनमा सम्बोधनमा उहाँले युद्धविरामको एउटा अङ्शका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको र यसमा हिजबुल्लाह पनि सहमत भएको बताउनुभयो । प्रधानमन्त्री मिकातीले लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषदलाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने बताउनुभयो । लेबनानको ...

Source : https://ujyaaloonline.com/story/107704/2024/10/12/lebanon-prime-minister-calls-for-a-un-resolution