श्रीमती शान्ति सुरक्षाका लागि गुहार्दै, राउत प्रशिक्षणमा

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत जिल्ला–जिल्ला घुमिरहँदा उनका श्रीमती सोनी सिन्धु रानी आफ् ना जीउज्यानका लागि शान्ति सुरक्षाका लागि प्रहरी कार्यालयमा धाउँदै छिन् ।

राउतले श्रीमती रानीसंग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दिएको र श्रीमतीविरुद्धसमेत उनी भन्दा पहिला नै उनले शान्ति सुरक्षा माग्दै निवेदन दिइसकेका छन् । तर उनको श्रीमतीले निवेदन दिँदा प्रहरीले सो निवेदन दर्ताका लागि आलटाल गरिरहेको उनले बताइन् । सो क्रममा जनकपुरधाम आइपुगेका जनमत पार्टीका अध्यक्ष राउतले अहिलेको संविधानमा भएका अधिकार खोस्ने खेल भइरहेको बताएका छन् ।

जनकपुरधाममा शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा प्रशिक्षण तथा कार्यक्रम शुभकामना कार्यक्रममा बोल्दै सम्बोधन गर्दै अध्यक्ष राउतले संविधान संशोधनको मुद्दा देखाएर संविधानमा भएका अधिकारहरु पनि कटौती गर्ने कांग्रेस–एमलेले रणनीति रहेको उनले बताए । उनले संविधानमा दिएको अधिकार पनि खोस्ने प्रयास भइरहेको बताउँदै उनले थप अधिकार सम्पन्न हुने गरी संविधान संसोधन गर्नुपर्ने बताए ।

देशमा अलग अलग विचारका दुई ठूला पार्टी मिलेर बनेको सरकारले अनिष्ट र विनाशको संकेत दिएको अध्यक्ष राउतले दाबी गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गरेर समानुपातिक समावेशी प्रणाली खारेज गर्न लागि परेको बताए । उनले भने, ‘अमेरिकामा दुई पार्टी छन्, दुई पार्टी कहिल्यै मिलेर सरकार बनाउँदैनन् । एउटा आकाश र एउटा पाताल जस्तै हुन् । भारतमा विजेपी–काँग्रेस मिले के हुन्छ ? नेपालमा कांग्रेस र एमाले कसरी मिले ? आकाश– पाताल मिलेका छन् । यो अनिष्ट र विनाशको संकेत हो । संविधान संशोधनको लागि मिलेको भन्छन् ।’

उनले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिएका छन् । उनले प्रदेशहरुको सीमांकन पनि सच्याउनुपर्ने बताए । अध्यक्ष राउतले संविधान संशोधन गरेर समानुपातिक प्रणाली खारेज गर्ने, दुई पार्टी मात्र रहने निर्वाचन प्रणाली ल्याउने भनेर अहिलेको गठबन्धन बनेको दावी गरे । उनले यो खतराको घण्टी भएको बताए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका राउतले संविधानमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता पाइएकोले यी उपलब्धीको कदर गर्नुपर्ने बताए । सो कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, राष्ट्रिय उपाध्यक्ष ई.बसन्त कुशवाहा, राष्ट्रिय अनिता देवी साह, कार्यकारिणी सदस्य शम्भुनाथ साहलगायतका नेताहरुले संगठनलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता बताए ।

सो कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रेखा मण्डल, इन्द्रजीत यादव, केन्द्रीय सदस्य किलेश मण्डललगायतले मन्तव्य राखेका थिए ।

The post श्रीमती शान्ति सुरक्षाका लागि गुहार्दै, राउत प्रशिक्षणमा appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/09/21/98916/