सपोर्ट लघुवित्तको नाफामा ९४.९१ प्रतिशतको वृद्धि, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको हो ।

सपोर्टको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १ करोड २३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तको नाफासँगै खुद ब्याज आम्दानी र संचालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर  ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा पनि १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.७८ प्रतिशतले घटेर १.४७ प्रतिशतमा झरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८ पैसा छ ।

Source : https://arthasarokar.com/2024/04/support-8.html



Related Posts