सरकारले निर्माण व्यवसायीलाई ५ अर्ब रुपैयाँ भुक्तानी गर्याे
काठमाण्डाै – सरकारले निर्माण व्यवसायीलाई पाँच अर्ब रुपैयाँ भुक्तानी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयले निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको आठ अर्ब ७१ करोडमध्ये पाँच अर्ब पाँच करोड रुपैयाँ भुक्तानी गरेको जानकारी दिनुभयो । अब मन्त्रालयले निर्माण व्यवसायीलाई तीन अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तान...
Source : https://ujyaaloonline.com/story/108583/2024/11/7/government-paid-5-billion-rupees-to-the-builders