सोमबार ५९.०२ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ ।

Source : https://arthasarokar.com/2024/09/share-market-401.html



Related Posts