२०२४ को पहिलो क्वार्टरमामात्र २३४० नेपालीलाई ग्रिनकार्ड

काठमाडौं – आर्थिक बर्ष २०२४ को पहिलो क्वार्टर अर्थात् गत अक्टोबरदेखि डिसेम्बरसम्म २३४० जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएको तथ्यांक अमेरिकी सरकारको डिपार्टमेन्टअफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जसमध्ये अमेरिकाबाहिरबाट आप्रवासी भिसा लिएर आउनेहरु १४६० जना रहेका छन् भने अमेरिकाभित्रै आई ४८५ फाइल गरेर ग्रिनकार्ड प्राप्त गर्नेहरु ८८० जना रहेका छन् ।

यो अवधिमा १५७० जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरेको पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यो अवधिमा १२ हजार ८ सय १० जना नेपालीहरु पनि गैर आप्रवासी भिसामा अमेरिका प्रवेश गरेका थिए । गैरआप्रवासी भिसामा अमेरिका आउनेको संख्या भने आई ९४ को आधारमा गणना गरिएको हो ।

खसोखासले मासिक रुपमा नै गैर आप्रवासी र आप्रवासी भिसा पाउने नेपालीहरुको संख्या ट्रयाक गर्दै आएपनि पछिल्लो विवरणमा भने भिसा पाएर अमेरिकाभित्र प्रवेश गरेकाहरुको संख्या समेटिएको छ । बार्षिक रुपमा अमेरिकी ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १० हजारभन्दा बढी रहेको छ ।जसमा डिभीमार्फत अमेरिका आउनेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।

नेपालीहरुले परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्ड पाउने संख्या अहिलेकै दरमा बृद्धि भएमा आगामी केहीबर्षमा नेपाल डिभी लोटरीका लागि अयोग्य हुने संकेत देखिएको छ । पछिल्ला केहीबर्षमा नेपालीहरुले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउदे दरमा उल्लेख्य बृद्धि भएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post २०२४ को पहिलो क्वार्टरमामात्र २३४० नेपालीलाई ग्रिनकार्ड appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491159/