३ लाख दर्शकबीच ट्रेलर रिलिज गर्दै पुष्पा २ ले बनायो रेकर्ड एजेन्सी
मुम्बई । सन २०२४ को सर्वाधिक ठुलो व्यापार गर्ने लक्ष्य लिईएको भारतीय चलचित्र पुष्पा २ः द रुलले ट्रेलर रिलिज समारोहमा एउटा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्रको आईतबार अपरान्ह भएको ट्रेलर रिलिज समारोहमा ३ लाख भन्दा बढी दर्शक एकै थलोमा भेला गराएर यो रेकर्ड राखिएको हो ।
यस अघि बाहुबाली २ ले भेला गरेको दर्शक भन्दा दोब्बर बढी चलचित्र पुष्पा २ को ट्रेलर रिलिज समारोहमा भेला भएका छन् । दर्शकको यो उपस्थित ऐतिहाँसिक सावित हुन पुगेका छ ।
आउँदो ५ डिसेम्बरबाट विश्वव्यापी रिलिज हुने चलचित्र पुष्पा २ को दक्षिण भारतमा नभएर विहारमा भव्य समारोहबीच २ घन्टाको विशेष कार्यक्रमसहित ट्रेलर रिलिज गरिएको छ ।
यो चलचित्रको आईतबार अपरान्ह बिहारको राजधानी पटना स्थित गान्धी नगरमा ३ लाख भन्दा बढी दर्शक एवम् शुभचिन्तकको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो ।
चलचित्र पुष्पा २ को ट्रेलर रिलिज समारोहलाई पटनाबासीले उत्सवको रुपमा लिए । पटनका मुख्य सडकमा पुष्पा २ र कलाकारहरुको स्वागतको लागि होर्डिङहरू रखिएका थिए । त्यहाँको वातावरण उत्साहमय थियो । बिहार र नजिकका राज्यहरूबाट प्रशंसकहरू त्यहाँ ट्रेलर हेर्न भेला भएका थिए । अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित चलचित्रको ट्रेलर रिलिज समारोहमा बिहारका थुप्रै जिल्लाबाट अल्लु अर्जुनलाई हेर्न उनका प्रशँसकहरु गान्धी मैदान पुगेका थिए । ट्रेलर कार्यक्रममा पुष्पा २ का निर्माताले अल्लु अर्जुनका फ्यानलाई निशुःक प्रवेशको व्यबस्था मिलाएका थिए ।
समारोहमा जब आइकन स्टार अल्लु अर्जुन र सुन्दरी अभिनेत्री रश्मिका मन्डन्ना हात हल्लाउँदै मञ्चमा उत्रिए । त्यतिबेला साह्रा गान्धी मैदानमा ताली र सिठ्ठीको हुटिङ चल्यो । जानी नजानी अल्लु अर्जुनले भोजपुरीमा दर्शकलाई सम्बोधन गर्दा दर्शकहरु उनको फ्यान भएका थिए । यसरी यी अभिनेता अभिनेत्रीले यस कार्यक्रममा आफ्नो उपस्थितिले सबैको मन जिते ।
यो चलचित्रको ट्रेलर रिलिज गरिने भनेपछि पटना नगर विकाशदेखी स्थानीय सरकारसम्मले कार्यक्रमलाई सहयोग गरेको थियो । समारोहमा जब ठुला ठुला दर्जनौ स्क्रिनमा एकसाथ चलचित्र पुष्पा २ को ट्रेलर रिलिज भयो । त्यतिबेला दर्शकले निरन्तर ताली, सिठ्ठी र हुटिङले आफ्ना यी स्टार कलाकारलाई साथ दिए । यसरी कलाकारहरुको उपस्थितिमा पत्यक्ष रुपमा अतिथि बनेर ट्रेलर हेर्न पाउनुले दर्शकका लागि पनि यो एउटा फरक र ऐतिहाँसिक समारोह सावित भयो ।
दक्षिण भारतीय चलचित्रलाई यसपटक विहार र उत्तर प्रदेशमा बजार बढाउन पुष्पा २ को ट्रेलर विहारमा यस्तो भब्य समारोहबीच रिलिज गरिएको हो । चलचित्र पुष्पा २ को गेटअप देखि कलाकारहरुको शैली पनि विहारी जस्तो देखिएको छ । दक्षिण भारतमा उसै पनि सुपरहिट हुने सँकेत देखिएपछि हिन्दी सँस्करणलाई लक्षित गरेर यसपटक विहारमा ट्रेलर रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।
अल्लु अर्जुनको यो ट्रेलर एक्सनमा विस्फोटक बनेको प्रतिक्रियाहरु लगातार दर्शकबाट आईरहेका छन् । यो चलिचत्रमा रश्मिका मन्डन्ना र फहद फासिलको पनि अभिनय रहेको छ । यसपटक फिल्ममा अल्लुको अर्कै रुप देख्न पाइन्छ । योसँगै ट्रेलर हेर्दा रश्मिका र अल्लुको केमेस्ट्री पनि राम्रो देखिएको छ । पुष्पाको ट्रेलर एक हिसाबले मास ट्रेलर बनेको वितरकहरुको दाबी छ । फहादको खलनायक अवतारले पनि उनलाई अझ ससक्त बन्न सघाएको देखिन्छ ।
चलचित्र पुष्पा २ यही ५ डिसेम्बरमा रिलिज हुँदैछ । पुष्पाको पहिलो सृँखलाको सफलता पश्चत निर्देशक सुकुमारले यो दोश्रो सृँखला तयार गरेका हुन् ।
The post ३ लाख दर्शकबीच ट्रेलर रिलिज गर्दै पुष्पा २ ले बनायो रेकर्ड एजेन्सी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104053/