अब चालकले कागजपत्र बोक्नु पर्दैन, मोबाइलमा लाइसेन्स देखाउँदा हुन्छ

नागरिक एपमार्फत गाडी चालकको लाइसेन्स मोबाइलमा नै उपलब्ध गराउने सेवा शुरू भएको छ । यो सेवा आइतवारदेखि विशेषगरी काठमाण्डौ उपत्यकामा लागू भएको छ । यो सुविधासँगै नियम उल्लङ्घन गर्ने चालकले तत्कालै डिजिटल भुक्तानीमार्फत जरीमाना तिर्न  सक्ने व्यवस्था पनि शुरू भएको छ । यो सेवा उपयोग गर्नको आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुपर्छ । त्यसपछि आफ्नो नागरिकताको फोटो र स्मार्ट लाइसेन्समा भएको क्यूआर कोडको फोटो एपमा अपलोड गर्नुपर्छ । यदि स्मार्ट लाइसेन्स छैन भने लाइसेन्स नम्बर मात्रै राखेर पनि सेवा प्रयोग गर्न सकिन्छ । यसरी सबै प्रक्...

Source : https://ujyaaloonline.com/story/108018/2024/10/21/now-drivers-do-not-need-to-carry-documents