अमेरिकी राष्ट्रपति चुनावसम्म मतदातालाई हरेक दिन १० लाख डलर दिँदै संसारकै धनाढ्य इलोन मस्क

काठमाडौं– संसारका सबैभन्दा धनी इलोन मस्कले अमेरिकामा हुन लागेको राष्ट्रपति चुनावमा मतदातालाई हरेक दिन १० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन् । ५ नोभेम्बरमा हुन गइरहेको चुनावमा केही महत्त्वपूर्ण राज्यहरूका मतदाताहरूमध्येबाट छानेर प्रत्येक दिन एक जनालाई दश लाख डलर दिने उनले घोषणा गरेका हुन् । जुन १३ करोड ४२ लाख रुपैयाँन्दा धेरै हो ।

अमेरिकामा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याट पार्टीबाट कमला ह्यारिसन राष्ट्रपति पदको लागि प्रतिस्पर्धा गरिरहेका छन् । जसमा मस्कले ट्रम्पलाई समर्थन गर्दै उनको प्रचारप्रसारका लागि ‘अमेरिकापीएसी’ समूह नै स्थापना गरेको छ । उक्त समुहले अघि सारेको अमेरिकी संविधान पक्षधर एउटा मागपत्रमा हस्ताक्षर गर्ने मतदाताहरूमध्येबाट एक जनालाई गोलाप्रथाबाट उक्त रकम प्राप्त गर्ने विजयीका रूपमा चयन गरिने बताइएको छ।

घोषणा अनुसार शनिवार राति पेन्सिल्भेनिआमा आयोजित एक चुनाव प्रचार कार्यक्रममा उपस्थित एक व्यक्तिलाई १० लाख डलरको पहिलो चेक हस्तान्तरण गरिएको थियो। त्यसै गरी दोस्रो चेक आइतवारपनि बाँडिएको थियो ।

इलोन मस्कको उक्त रणनीतिले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसप्रति चिन्ता थपेको छ ।

Source : https://onlinetvnepal.com/2024/10/185031/