छविलाल जोशीको रुपन्देहीमा बयान लिने क्रम जारी

रुपन्देही– सहकारी ठगी प्रकरणमा पक्राउ गरेका पूर्वडीआईजी छविलाल जोशीलाई थप अनुसन्धानका लागि भैरहवा लगिएको छ । अहिले जिल्ला सरकारी कार्यालय रुपन्देहीमा उनको बयान लिने क्रम जारी छ ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई केहीसमयअघि मात्र रुपन्देही पुर्याइएको थियो ।

उनलाई पोखराबाट हवाईमार्गबाट रुपन्देही पुर्याइएको हो । सहकारी ठगीबारे बयान सकेपछि उनलाई फेरि पोखरा पठाइने छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185049/