अमेरिकाविरुद्ध आशिफ शेखको अर्धशतक

काठमाडौं ।

टी-२० सिरिज अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी सिरिजको अन्तिम तथा तेस्रो खेलमा शेखले ३८ बलमा ५० रन पूरा गरेका हुन्।

उनले ५ चाैका र दुई छक्का प्रहार गरे । शेख अघिल्लाे बलमा जसदिप सिहको सिकार बने । पहिलो विकेटको रुपमा नेपालका अनिल शाह १३ रन बनाएर आउट भए ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा १२ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ९३ रन बनाएर खेलिरहेको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

Source : https://newsofnepal.com/2024/10/21/674440/