अयोध्यामा पार्थिव शिवलिङ पूजन
मानस तथा बोलबम परिवारद्वारा भारतको अयोध्यामा तीन दिवसीय पार्थिव शिवलिङ पूजनको आयोजना गरिएको छ ।
अयोध्यामा बुधबारदेखि शुरु भएको पार्थिव शिवलिंग पूजन शुक्रबारसम्म चल्ने छ । पार्थिव पूजनको पहिलो दिन पाँच लाख पार्थिव शिवलिङको पूजा गरिएको छ भने दोश्रो दिन पनि सोही संख्यामा पार्थिव शिवलिङको पूजा गरिएको मानसका अध्यक्ष ललन ठाकुरले जानकारी दिए । उनका अनुसार शुक्रबार पनि पाँच लाख पार्थिव शिवलिङको पूजा भएपछि समापन हुनेछ ।
पार्थिव शिवलिंग पूजामा जनकपुरधाम क्षेत्रका महिला तथा पुरुषको उत्साहजनक सहभागिता रहेको छ भने अयोध्यावासीले पनि पार्थिव शिवलिङ पूजन कार्यमा उल्लेख्नीय सहयोग गरिरहेको अध्यक्ष ठाकुरले बताए ।
The post अयोध्यामा पार्थिव शिवलिङ पूजन appeared first on Janakpur Today.