आज पनि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

काठमाण्डाै – आज पनि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन 'ए' र जुकाको औषधि खुवाउने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी निुभयो । शाखा प्रमुख थापाले सात सय ५३ वटै पालिकामा औषधि खुवाउने व्यवस्था रहेको भन्दै पायक पर्ने विद्यालय, वडा कार्यालय वा खोप केन्द्रहरूमा लगेर बालबालिकालाई औषधि खुवाउन आग्रह गर्नुभयो । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्षमुनिका ...

Source : https://ujyaaloonline.com/story/107935/2024/10/19/vitamin-a-and-leprosy-medicine-for-children