आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै
काठमाण्डौ – आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि भोलि मङ्सिर १२ गते ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् । पर्सि ऋणपत्र निष्कासन हुनेछ । यो ऋणपत्रको अवधि तीन वर्षको हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण ...
Source : https://ujyaaloonline.com/story/109276/2024/11/26/nrb-is-selling-development-bonds-worth-10-billion-