उत्तरी गाजामा इजरायली आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गयाे

उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली आक्रमणमा परी कम्तीमा ७३ जनाको ज्यान गएको छ । इजरायली आक्रमणमा महिला र बालबालिकाको पनि ज्यान गएको हमासका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । शनिवार राति भएको आक्रमणमा धेरै जना घाइते भएको उल्लेख छ तर घाइतेहरूको सङ्ख्या उपलब्ध छैन । हमासका अधिकारीहरूले बम विष्फोटपछि धेरै मानिस अझै पनि भग्नावशेषमुनि फसेका बताएका खबरमा उल्लेख छ । यो आक्रमणको सम्बन्धमा इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ । इजरायली सेनाले हमासले घटनाको बारेमा बढाइचढाइपूर्ण ज...

Source : https://ujyaaloonline.com/story/107968/2024/10/20/73-people-killed-in-israeli-attack-on-gaza