ओली-देउवा र प्रचण्डबीच सर्च ‘कमिटी’ टुङ्ग्याएर आयोग गठन गर्ने सहमति

काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन’bout शीर्ष नेतामाझ सकारात्मक छलफल भएको छ ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ती आयोग गठन’bout छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए । बालुवाटार बैठकबाट निस्किँदै उनले भने, ‘आयोग गठन गर्ने’bout छलफल भयो । छलफल सकारात्मक भएको छ । तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ । एक/दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ ।’

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।

The post ओली-देउवा र प्रचण्डबीच सर्च ‘कमिटी’ टुङ्ग्याएर आयोग गठन गर्ने सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102349/