कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन

काठमाण्डौ – दुर्गा पक्ष अर्थात् बडादशैँ धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने भोलि परेको छ । असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै बडादशैँ समापन हुन्छ । विजयादशमीदेखि शु...

Source : https://ujyaaloonline.com/story/107815/2024/10/16/today-is-the-last-day-of-dashain-tika