गण्डकीका वनमन्त्री पौडेलले लिए शपथ

कास्की ।

गण्डकीका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन् । सोमवार नवनियुक्त मन्त्री पौडेलले प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेको यो मन्त्रालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गरेका हुन् ।

योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ ।  पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका हुन् । पछिल्लो समयमहामन्त्री गगन थापा निकट मानिएका उनलाई थापाकै जोडमा मन्त्री बनाइएको हो । 

यस अघि एमालेसँगको समीकरणपछि भौतिक योजना मन्त्रालय एमालेको भागमा परेपछि मनाङे भौतिक मन्त्रालयबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए । 

गण्डकीमा हाल ९ मन्त्रालय छन् । कांग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बनेका छन् । 

नयाँ समीकरणपछि गण्डकीमा कांग्रेसलाई मुख्यमन्त्री सहित ५ र एमालेलाई ४ मन्त्रालय पर्नेगरी भागबन्डामिलाइएको थियो । कांग्रेसले आफ्नै कोटाबाट नेसपालाई मन्त्री बनाएको हो । यसअघि ७ मन्त्रालय रहेको यहाभागबन्डा मिलाउनकै लागि फुटाएर ९ पुर्‍याइएको थियो ।

Source : https://newsofnepal.com/2024/10/21/674538/