गोकर्णको प्रतिक्षालयमा भेटियो पुरुषको शव

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एउटा शव फेला परेको छ । परिचय नखुलेको अन्दाजी ५० वर्षीय पुरुषको शव बिहीबार प्रतीक्षालयमा फेला परेको हो।

उक्त शव भेटिएको स्थानको मुचुल्का गरेर प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/184845/