चार महिनामा यार्सागुम्बाबाट १२ करोड आम्दानी

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२को कार्तिक मसान्तसम्ममा ३३४ किलो यार्सागुम्बा निर्यात भएको छ । चार महिनामा बिक्री गरिएको यार्सागुम्बाबाट १२ करोड ५० लाख ३२ हजार रुपैयाँ नेपाल भित्रिएको छ ।

सबैभन्दा धेरै ५ करोड २६लाख ३१ हजार रुपैयाँ बराबरको ८० किलो यार्सागुम्बा हङकङमा निर्यात भएको भन्सार विभागले जनाएको छ । दोस्रो चीनमा ३ करोड ४० लाख ९६ हजारको १२८ किलो, तेस्रो १ करोड ५५ हजार रुपैयाँको ५३ किलो यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ ।

यसैगरी सिङ्गापुरमा ८९ लाख ८४ हजार रुपैयाँको १२ किलो यार्सागुम्बा, अमेरिकामा ८३ लाख ६० हजार रुपैयाँको १४ किलो, ६४ लाख २९ हजारको २४ किलो भियतनाम, २१ लाख ४४ हजार रुपैयाँको ६ किलो मलेसिया, बेलायतमा १९ लाख ९८ हजार रुपैयाँको १८ किलो र ३ लाख ३५ हजार रुपैयाँको यार्सागुम्बा जापानमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

 

Source : https://onlinetvnepal.com/2024/11/186833/