चार महिनामै भारतीय प्रधानमन्त्री माेदीकाे दोस्रो रुस भ्रमणप्रति पश्चिमा देशहरूको चासो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जानु हुने भएको छ । यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उहाँ रुस जान लाग्नुभएको बीबीसी हिन्दीले जनाएको छ । प्रधानमन्त्री मोदीले चार महिनामै दोस्रो पटक रुसको भ्रमण गर्न लाग्नुभएको हो । उहाँले गएको जुलाईमा पनि रुसको भ्रमण गर्नुभएको थियो । रुस भारतका लागि पेट्रोलियम पदार्थ र हतियारको महत्त्वपूर्ण आपूर्तिकर्ता हो । तर युक्रेन युद्धका कारण रुस पश्चिमा देशहरूसँग टाढा भइरहेको र चीनसँगको बढ्दो सम्बन्धले रुस र भारतबीचको सम्बन्धमा प्...

Source : https://ujyaaloonline.com/story/107928/2024/10/19/modi-second-visit-to-russia-in-four-months