थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला

समाचार सुन्नुहोस : 

काठमाडौँ – रत्ननगर टाँडीको इलाका प्रहरी कार्यालयमा थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

उनलाई थुनुवा कक्षको बाथरुममा घोप्टो परेर अचेत अवस्थामा भेटिएको थियो। त्यसपछि तुरुन्तै उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ वजे मृत घोषणा गरिएको हो । अहिले क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

The post थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493325/